आजका लागि यी ५ प्रदेशमा भारी वर्षाको चेतावनी! पहाडी भूभागमा चट्याङ र बाढीको खतरा, सतर्क रहनुहोस्

Image
Nisarga Hospital

देशभर हाल मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीको अवस्था देखिएको हो।

CP Hospital Dhangadhi

बागमती र गण्डकीका थोरै स्थानमा, भने कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रका केही ठाउँ र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले औंल्याएको छ। साथै, मधेस र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनीसमेत दिइएको छ।

nawajiwan

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, सुदूरपश्चिमसहित अन्य पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Attariya Hospital

✔ सुझाव:

खोलानाला आसपास नजानुहोस्

यात्रा गर्दा मौसमको पूर्वजानकारी लिनुहोस्

विपद् जोखिम क्षेत्रमा स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्

Advertize US