प्रेस युनियनको सदस्यता अभियान सुरु

Image
Nisarga Hospital

काठमाडौं : नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरुवात गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार आज काठमाडौं शाखामार्फत औपचारिक रुपमा अभियान सुरुवात गरिएको हो ।

CP Hospital Dhangadhi

प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र ध्रमेन्द्र झाले एक कार्यक्रमका बीच आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरे ।

nawajiwan

नेपाल प्रेस युननियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा  क्रियाशिल सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशिल सञ्चारकर्मीलाइ सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले बताए ।

Attariya Hospital

प्रेस युनियन सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चार माध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देश गरिएको युनियनले जनाएको छ ।

शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएर आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने युनियनले जनाएको छ ।

सदस्यता विशेष अभियान शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, महासंघका पूर्व अध्यक्ष तथा युनियनका सल्लाहकार तानानाथ दाहाल, ध्रर्मेन्द्र झा, प्रेस युनियनका उपाध्यक्ष सलोजना दाहाल लगायतले सदस्यता अभियानका बारेमा धारणा राखेका थिए । कार्यक्रममा स्वागत प्रेस युनियन काठमाडौं शाखाका उपाध्यक्ष रोमन आचार्य र सञ्चालन शाखा सचिव सन्तोष अधिकारीले गरेका थिए ।

सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।