कञ्चनपुरकी सम्झना भट्ट मृ*त्युकाण्ड : श्रीमान्, सासू–ससुरा प्रहरी नियन्त्रणमा

Image
Nisarga Hospital

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले उनका श्रीमान्, सासू र ससुरालाई नियन्त्रणमा लिएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार मृतक सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई आत्महत्या दुरुत्साहनको आशङ्कामा पक्राउ गरिएको हो। माइती पक्षको जाहेरीपछि पवनलाई आइतबार पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद लिइएको छ भने, त्यसपछि सासू-ससुरा पनि पक्राउमा परेका हुन्।

Attariya Hospital

सम्झना आइतबार बिहान सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। माइती पक्षले उनलाई दाइजोको निहुँमा यातना दिइएको, घरेलु हिंसा गरिएको र मानसिक तनाव दिइएको आरोप लगाएका छन्। उनी करिब ६ महिनाअघि पवनसँग प्रेम विवाह गरेर ससुराल आएकी थिइन्।

nawajiwan

प्रहरीका अनुसार शनिबार पतिको साथमा सम्झना प्रहरी चौकी पुगेकी थिइन्। आपसी झगडा भएको जानकारीपछि प्रहरीले बुझाइ–सम्झाइ गरेर दुवैलाई घर फर्काएको थियो। तर, भोलिपल्टै सम्झना मृत अवस्थामा फेला परिन्। शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

Advertize US