
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको पक्षमा साउन २३ गतेसम्म ३२ लाख ६ हजार ६०८ भन्दा बढी हस्ताक्षर सङ्कलन गरेको जनाएको छ।


पार्टी प्रवक्ता मनिष झालेका अनुसार, अहिलेसम्म कुल ६२ लाख १६ हजार ६६९ जनाको सहयोग प्राप्त भएको छ। रास्वपा सभापति लामिछानेमाथि प्रतिशोध सङ्घर्ष भएको बताउँदै, यसलाई खारेजी गर्न हस्ताक्षर अभियान चलाइरहेको छ।




















