गेटा अस्पतालमा २ महिना देखि सञ्चालनमा आएको इमर्जेन्सी सेवाको भोलि स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन, संघर्ष समितिद्वारा विरोध

Image
Geta Medical
Nisarga Hospital

अत्तरिया: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा सञ्चालनमा आएको इमर्जेन्सी सेवाको भोलि (बुधबार) औपचारिक उद्घाटन गर्ने भएका छन्। मन्त्री पौडेल डोटी र डडेल्धुरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आउने क्रममा दिउँसो गेटा अस्पताल पुगेर इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए।

कार्कीका अनुसार इमर्जेन्सी सेवाको मात्र उद्घाटन हुने हो, तर केहीले अस्पताल नै उद्घाटन गर्न लागिएको गलत जानकारी फैलाएको बताए। उनले भने, “यहाँ मिसकम्युनिकेसन भयो। अस्पताल त २०८० सालमै सञ्चालनमा आइसकेको हो। अहिले हामी इमर्जेन्सी सेवाको औपचारिक उद्घाटन मात्र गर्दैछौं।”

CP Hospital Dhangadhi
Attariya Hospital

गएको जेठ ११ गतेदेखि गेटा अस्पतालले इमर्जेन्सी सेवा सुरु गरेको हो। सेवामा हाल १० वटा बेडसहितका सुविधा उपलब्ध छन्। इमर्जेन्सी सेवाको सुरुवातसँगै आकस्मिक उपचारमा सहजता आउने अपेक्षा गरिएको छ।

अस्पतालमा दैनिक करिब २ सय बिरामी आउँछन्। तीमध्ये धेरैजसो सामान्य स्वास्थ्य जाँचका लागि आउँछन् भने केही आकस्मिक बिरामी पनि हुने गरेको अस्पतालले जनाएको छ। गेटा अस्पताल प्रदेशकै महत्वपूर्ण स्वास्थ्य संस्था भएकाले इमर्जेन्सी सेवाको विस्तारले सुदूरपश्चिमका नागरिकलाई थप राहत मिल्ने विश्वास गरिएको छ।

Advertize US