आसामसँग पहिलो खेलमा हार ब्यहोरेको नेपाल ‘ए’ आज दोस्रो प्रतिस्पर्धामा

Image
Nisarga Hospital

पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ क्रिकेट टोली आज आसाम प्रदेश क्रिकेट संघसँग दोस्रो टी–२० प्रतिस्पर्धा खेल्दैछ।

CP Hospital Dhangadhi

अनिलकुमार शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले भारतको गुवाहटीमा बिहान ११ बजे आसामसँग खेल्नेछ। बिहीबार भएको पहिलो खेलमा नेपाल डकवर्थ–लुइस (डीएल) प्रणालीमार्फत १५ रनले पराजित भएको थियो। पाँच खेलको सिरिजमा नेपाल अहिले १–० ले पछि परेको छ।

पहिलो खेलमा १९१ रनको लक्ष्य पछ्याउँदै नेपाल ‘ए’ ले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सुरु हुन नसक्दा आसाम विजयी भएको हो।

nawajiwan
Attariya Hospital

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा कप्तान अनिलसँगै अलराउन्डर आदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल रहेका छन्।

ओपनर अनिलले अघिल्लो अस्ट्रेलिया भ्रमणमा राष्ट्रिय टिममा स्थान नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन्। २६ वर्षीय अनिलले यसअघि नेपालका लागि १४ टी–२० र १७ एकदिवसीय खेल खेलिसकेका छन्।