निजी विद्यालयमा मुनाफा केन्द्रित शिक्षा गुणस्तर घटाउँछ: सुमना श्रेष्ठ

Image
Nisarga Hospital

रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयको व्यवस्थापन र गुणस्तरबारे विचार व्यक्त गर्दै भनेकी छिन्, “पैसाको मुनाफा खोज्ने सञ्चालकहरूबाट शिक्षाको गुणस्तर दिगो रूपमा सुध्रिँदैन। तपाईंले कहिले निजी विद्यालयले पाठ्यक्रम नभएको भनेर सडक आन्दोलन गरेको सुन्नुभएको छ?”

CP Hospital Dhangadhi

उनले थपिन्, “मेरो स्कुलको पास प्रतिशत घट्छ भनेर परीक्षा अघि कमजोर विद्यार्थीलाई रेस्टिगेट गरिएको कुरा कति सुन्नु भएको होला। फरक क्षमता भएका विद्यार्थीलाई हामी पढाउन सक्दैनौँ भनेर भर्ना नलिएको पनि सुन्नुभएको होला। अनिवार्य स्कुलमै आएर बिहानको खाना खानुपर्छ, पोशाक र किताब त्यहीं किन्नुपर्छ भन्ने व्यवस्थामा पनि कति मुनाफा खोजिएको देख्नुभएको वा भोग्नु भएको छ?”

Attariya Hospital

श्रेष्ठले निजी विद्यालयलाई केवल मुनाफा केन्द्रित शिक्षा प्रणालीको आलोचना गर्दै गुणस्तरीय शिक्षा पहुँच सबै विद्यार्थीलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन्।

nawajiwan
Advertize US