कृष्णपुरमा गौरा पर्व विशेष देउडा–सांस्कृतिक कार्यक्रम, १७ गते जे आर भट्ट र १९ गते भानुभक्त जोशीको प्रस्तुति

Image
Nisarga Hospital

कञ्चनपुर: सुदूरपश्चिमेली तथा मध्यपश्चिमेली समुदायको महान चाड गौरा पर्वको अवसरमा कृष्णपुर नगरपालिका–२ बंक क्याम्पसचोकस्थित गौरादेवी मन्दिर प्राङ्गणमा आज भदौ १६ गतेदेखि १९ गतेसम्म वृहत देउडा तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

CP Hospital Dhangadhi

“सुदूरपश्चिमको गौरा पर्व हाम्रो परम्परा हाम्रो पहिचान, मिलिजुली धर्म र संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमलाई गौरादेवी मन्दिर संरक्षण तथा संवर्द्धन समितिले आयोजना गर्ने भएको हो। समितिका अनुसार कार्यक्रमको तयारी पूरा भइसकेको र यसलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने योजना बनाइएको छ।

चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूसँगै स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुती रहनेछ। कार्यक्रममा बहुचर्चित देउडा गायक भानुभक्त जोशी र ख्याति प्राप्त गायक जे. आर. भट्टको प्रमुख प्रस्तुती रहनेछ भने अन्य कलाकारहरू अम्बादत्त जोशी, माधव बिष्ट, राजेन्द्र सिंह सामन्त, सुशीला बम ठकुरी, गंगा खत्री, तीर्थ खत्री, पार्वती खत्री, लक्ष्मी भट्ट, पार्वती महरा, सावित्री धामी, भुवन भट्ट, धनसिंह ऐर, तेज लुहार, वीरसिंह रावल, दीपक पन्त लगायतले देउडाका विभिन्न प्रस्तुती दिनेछन्। साथै राष्ट्रिय तथा ख्याति प्राप्त उद्घोषक केपी कलौनी र प्रकाशनाथ योगीले कार्यक्रम सञ्चालन गर्नेछन्।

nawajiwan
Attariya Hospital

कार्यक्रममा भदौ १६ गते अम्बादत्त जोशी र गंगा खत्रीबीच तथा राजेन्द्र सिंह सामन्त र लक्ष्मी भट्टबीच प्रतिस्पर्धा हुने छ। भदौ १७ गते जे. आर. भट्ट र सुशीला बम ठकुरीबीच तथा धनसिंह ऐरी र तीर्थ खत्रीबीच रोचक प्रस्तुती हुने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ। त्यस्तै भदौ १८ गते माधव बिष्ट र पार्वती महरा तथा बलदेव भट्ट र राजेन्द्र सामन्तबीचको प्रतिस्पर्धाले कार्यक्रममा विशेष आकर्षण थप्नेछ भने १९ गते भानुभक्त जोशी र सावित्री धामी तथा राजेन्द्र र धनसिह ऐरी बीच हुने आयोजकले जनाएको छ। यससँगै तेजराम लोहार, नन्दा जोशी, पार्वती खत्री, धर्मराज जोशी लगायतका कलाकारहरूले पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ।

गौरादेवी मन्दिर संरक्षण तथा संवर्द्धन आर्थिक संकलन समितिका संयोजक वीरेन्द्र चन्द र कार्यक्रम संयोजक राजेन्द्र बहादुर सिंहले संयुक्त रूपमा कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु, स्थानीयवासी तथा देउडा प्रेमीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।