भारतको आसामविरुद्ध नेपाल ‘ए’ले जित्यो टी-२० सिरिज

Image
Nisarga Hospital

भारतको आसाम स्टेट क्रिकेट टोलीविरुद्धको पाँच खेलको टी-२० सिरिज नेपाल ‘ए’ क्रिकेट टोलीले ३–२ ले आफ्नो पक्षमा पारेको छ।

CP Hospital Dhangadhi

सोमबार सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज जितेको हो। यसअघि दुबै टोलीले दुई–दुई खेलमा जित हात पारेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै २०८ रनको विशाल योगफल खडा गर्‍यो। नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्का सहित ६४ रन, शुभ कंसाकारले २६ बलमा ४ छक्का प्रहार गर्दै ४१ रन, इशान पाण्डेले २० बलमा ३२ रन जोडे। अन्त्यतिर आदिल अन्सारीले १० बलमा ३ छक्का प्रहार गर्दै नटआउट २५ रन थपे।

nawajiwan
Attariya Hospital

जवाफी ब्याटिङमा आसाम २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमा समेटियो। उसका लागि कप्तान सुमित घाडिगोन्कर र साहिल जैनले समान २५–२५ रन बनाए।

नेपालका बलरमध्ये शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिए भने बसिर अहमद र आदिल अन्सारीले १–१ विकेट हात पारे। आसामका बलर आयुष्मान मालाकार र अभिनव चौधरीले २–२ विकेट लिन सफल भए।