एमाले दोस्रो विधान महाधिवेशन सुरु: डिजिटल हल र व्यवस्थित तयारीसहित २,३४१ प्रतिनिधि सहभागी

Image
Nisarga Hospital

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु भएको छ। दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने महाधिवेशनको पहिलो चरणमा विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहसको अभ्यास गरिने छ।

CP Hospital Dhangadhi

महाधिवेशनको लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार बनाइएका छन्। हरेक द्वारमा पार्टी चिन्ह सूर्य र हँसिया–हथौडा अंकित झन्डा राखिएको छ। आवतजावत सहज बनाउन निःशुल्क गाडीको व्यवस्था गरिएको छ।

सभा हल ‘सनराइज’ पूर्णतया डिजिटल प्रणालीमा सजाइएको छ। हलमा दुई हजार ८४० सिट, चार प्रवेशद्वार र छ वटा परिचय स्क्यान बुथ छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिलो प्रवेशद्वारबाट प्रवेश गर्नेछन् भने अन्य पदाधिकारी र प्रतिनिधिहरू दोस्रो र तेस्रो द्वारबाट प्रवेश गर्नेछन्।

nawajiwan
Attariya Hospital

हलभित्र महाधिवेशनको लोगो, पार्टी संस्थापकहरू र अन्तर्राष्ट्रिय कम्युनिस्ट चिन्ह सहित भित्तामा तस्बिर राखिएको छ। डिजिटल बोर्ड र पूर्ण वाइफाई सुविधा सहित मिडिया सेन्टरको व्यवस्था गरिएको छ।

उद्घाटन समारोह ११ बजे सुरु हुँदै १२ मिनेटभित्र सम्पन्न हुनेछ। अध्यक्षले उद्घाटन गरेलगत्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

महाधिवेशनका सबै प्रतिवेदनमाथिको छलफल २१ गते १० समूहमा विभाजन गरेर सञ्चालन गरिने छ। महाधिवेशनले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल–सुखी नेपाली’ मूल नारासहित पार्टीको भविष्य र रणनीतिका विषयमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ