
अत्तरिया : सुदूरपश्चि प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. टी. एन. जोशीले गोदावरी नगरपालिका स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिर समितिद्वारा आयोजित बृहत् गौरा मेलाले सुदूरपश्चिमको मौलिक संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

उनले गौरा र डेउडाको नाम उच्चारण हुने बित्तिकै सुदूरपश्चिमको पहिचान झल्किने उल्लेख गर्दै, यस्ता धार्मिक तथा सांस्कृतिक परम्परा जोगाएर राख्ने समाजको प्रयास प्रशंसनीय रहेको टिप्पणी गरे।
“संघीयताको मूल मर्म नै हाम्रो संस्कृति र पहिचान संरक्षण हो। सडक तथा भौतिक संरचना मात्र विकास होइन, कला–संस्कृति जोगाउन लागी पर्नु नै वास्तविक विकास हो,” उनले भने।

डा. जोशीले गौरा पर्वलाई सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानका रूपमा जगेर्ना गर्नु अत्यावश्यक रहेको बताउँदै संस्कृति र पहिचान जगेर्ना गरे मात्र व्यक्तिको अस्तित्व कायम रहने धारणा व्यक्त गरे।

सो अवसरमा उनले प्रदेश प्रज्ञा प्रतिष्ठानलाई अझ सबल बनाउँदै सांस्कृतिक संरक्षण र विकासका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।
सम्बन्धित समाचार
स्याउलेका युवा व्यवसायी गोपाल देउवा गौरा मेलामा सम्मानित, संस्कृतिको जगेर्नामा सक्रिय योगदान
सुदूरपश्चिमको मौलिक पहिचानको झलक : गोदावरी–८ स्याउलेमा गौरा मेलाको भव्य समापन






























