सुदूरपश्चिमको मौलिक पहिचानको झलक : गोदावरी–८ स्याउलेमा गौरा मेलाको भव्य समापन

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका–८, स्याउलेस्थित श्री विश्वनाथ महादेव मन्दिर परिसरमा आयोजित छैटौं दिनको सुदूरपश्चिम गौरा मेलाको भव्य समापन सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न गौरा मेलाको समापन कार्यक्रम सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

oplus_0

कार्यक्रमलाई सम्बोधन गर्दै डा. जोशीले सुदूरपश्चिमको मौलिक पर्व गौरा र डेउडा क्षेत्रको सांस्कृतिक पहिचानको परिचायक भएको बताउँदै यस्ता परम्परागत चाडपर्वको निरन्तरताले संस्कृतिको संरक्षण हुने धारणा व्यक्त गर्नुभयो। उहाँले “संघीयताको मूल मर्म भनेको संस्कृति र पहिचान जगेर्ना हो। सडक र भौतिक संरचना मात्र विकास होइन, कला–संस्कृति जोगाउनु नै वास्तविक विकास हो,” भन्नुभयो। साथै उहाँले प्रदेश प्रज्ञा प्रतिष्ठानलाई अझ सबल बनाई सांस्कृतिक संरक्षण र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

oplus_0

विशिष्ट अतिथि वडा अध्यक्ष गोविन्द चौधरीले धर्म र संस्कृति देशको गहना मात्र नभई पहिचान समेत भएको उल्लेख गर्दै यस्ता परम्परालाई निरन्तरता दिन सबैको दायित्व रहेको बताउनुभयो।
oplus_0

nawajiwan

मेलाका संयोजक लक्ष्मीदेवी विनाडीका अनुसार मेलामा आएका दर्शकले विशेष देउडा खेलसँगै सुदूरपश्चिमको भेषभूषा, मौलिक संस्कृति र परम्परागत अभ्यासको अनुभव लिन पाएका थिए। उनले विगत १६ वर्षदेखि निरन्तर पर्व तथा सांस्कृतिक कार्यक्रमहरू मार्फत भेषभूषा र परम्पराको जगेर्ना हुँदै आएको बताइन्।

oplus_0

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति, विशेषतः डेउडा खेल, मुख्य आकर्षण बनेको थियो। मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित यस मेलामा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मुख्य प्रायोजक, गोदावरी नगरपालिका सह–प्रायोजक तथा वडा नं ८ कार्यालय प्रायोजक रहेका थिए। साथै स्थानीय क्लब, सामुदायिक वन र सहकारी संस्थाहरूले सहयोग गरेका थिए।
oplus_0

Attariya Hospital

👉 यस गौरा मेलाले सुदूरपश्चिमको मौलिक सांस्कृतिक सम्पदा जगेर्ना र भावी पुस्तामा त्यसको महत्त्व उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

oplus_0
oplus_0
oplus_0

# ट्रेण्डिङ