जेन-जी बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा अघि बढाउने निर्णय

Image
Nisarga Hospital

जेन-जी समूहको करिब चार घण्टा चलेको भर्चुअल जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्काल नेतृत्वमा स्वीकार गर्ने निष्कर्ष निकालेको छ। बैठकमा सहभागी जेनजी युवाहरूले कुनै राजनीतिक दलसँग आबद्ध व्यक्तिलाई वार्तामा नजाने अडान राखेका थिए।

CP Hospital Dhangadhi

अहिलेसम्म नागरिक अभियन्ता रहेका कार्कीलाई नेतृत्वमा अघि बढाउने सहमति भएको हो। बैठकमा निर्णय अनुसार, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकार्न सकिन्छ। त्यसपछि बालेनन्द्र र सागर ढकाल पनि सहभागी हुनेछन्। अहिले अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्की उपयुक्त व्यक्ति हुन्,” भनिएको छ।

Attariya Hospital

जेन-जीले छलफलमा सर्वमान्य एजेन्डा र सबैले पत्याउने नेतृत्वको आवश्यकतालाई जोड दिएका छन्। बैठकले कार्कीको नाममा औपचारिक नोटिस निकाल्ने र सार्वजनिक रूपमा घोषणा गर्ने निर्णय पनि गरेको छ। यसअघि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न सुझाव दिएका थिए।

nawajiwan

# ट्रेण्डिङ