सरकारी ढुकुटी ’सुरक्षित’, कर्मचारीको दसौं भत्त सहित नियमित तलब आउने

Image
Nisarga Hospital

अत्तरियाः Gen Z आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएपनि अर्थ मन्त्रालय र बैंकिङ क्षेत्रले नियमित आर्थिक गतिविधि सञ्चालनमा कुनै समस्या नरहेको जानकारी दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा केही आक्रमण भए पनि ठुलो क्षति नभएको प्रारम्भिक विवरणमा देखिएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार सबै भौतिक नगद, एटीएम, भल्ट तथा सर्वसाधारणको निक्षेप सुरक्षित छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सिंहदरबार परिसरमा केही क्षति भए पनि तलब र भत्ता वितरणमा कुनै अवरोध नहुने बताए। निजामती कर्मचारी, शिक्षक, सैनिक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको नियमित तलब यथावत् वितरण हुने छ। मासिक तलब र भत्ता रकम अर्बौँ रुपैयाँमा पुग्ने र बैंक खातामा पर्याप्त नगद उपलब्ध भएकोले वितरणमा समस्या नहुने छ।

व्यवसायीहरूले पनि निजी क्षेत्रको ठूलो क्षति भएपनि पुनरुत्थानका लागि स्रोत परिचालन गर्ने प्रक्रिया अघि बढिरहेको उल्लेख गरेका छन्। भूकम्पपश्चात् जस्तै क्षतिको मूल्यांकन र पुनर्निर्माणका योजना अनुसार स्रोत परिचालन गर्ने तयारी भइरहेको छ। यसबीच, सेवा र आर्थिक गतिविधि सामान्य रूपमा सञ्चालन भइरहेको छ।