सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १०० रुपैयाँले बढेको हो। अहिले सुन तोलाको मूल्य २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ। आइतबार भने यो दर २ लाख १५ हजार १०० रुपैयाँ थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि थोरै बढेको छ। आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Attariya Hospital

मूल्यमा भएको यो सानो उतारचढावलाई सामान्य बजार गतिविधि मानिएको छ। सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार र आयात लागतसँग प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले दैनिक रूपमा भिन्नता आउने गरेको महासंघको भनाइ छ।

nawajiwan

# ट्रेण्डिङ