जनमत पार्टीमा ठूलो असन्तोषः अध्यक्ष सिके राउतलाई २४ घण्टाभित्र राजीनामाको अल्टिमेटम

Image
Nisarga Hospital

जनमत पार्टीभित्र नेतृत्वविरुद्ध गम्भीर असन्तोष प्रकट भएको छ। पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन्।

CP Hospital Dhangadhi

बुधबार संयुक्त हस्ताक्षर गर्दै नेताहरूले जनताको अथक प्रयासबाट बनेको पार्टी पछिल्लो समय कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्य र कार्यकर्ताको अपेक्षा अनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्।

Attariya Hospital

राजीनामा माग्ने नेतामा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम छन्।

nawajiwan

नेतृत्व संकटले जनमत पार्टी आन्तरिक द्वन्द्वमा गहिरो संकटतर्फ धकेलिएको देखिएको छ।

Advertize US