
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ९०० रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँमा झरेको छ।


त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँ घटेर २ हजार ५२० रुपैयाँमा झरेको महासंघले जनाएको छ।































