
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य शुक्रबारको तुलनामा १ हजार १०० रुपैयाँले बढ्दै प्रति तोला रु. २ लाख १७ हजार १०० र प्रति १० ग्राम रु. १ लाख ८६ हजार १३० पुगेको छ।

त्यस्तै, चाँदी पनि ४० रुपैयाँले बढ्दै प्रति तोला रु. २ हजार ६२० र प्रति १० ग्राम रु. २ हजार २४६ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य प्रति तोला रु. २ लाख १६ हजार र चाँदी प्रति तोला रु. २ हजार ५८० मात्र थियो। लगातार उतारचढाव हुने सुनचाँदीको मूल्य आज हल्का वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।
































