प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार सँगै आज शपथ ग्रहण गरिदै

Image
Nisarga Hospital

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप पाँच जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेकी छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ अनुहारलाई मन्त्रीका लागि सिफारिस गरेकी छन्।  सोमबार आज उनीहरूले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

CP Hospital Dhangadhi

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम सिफारिस भएको छ । उनी स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक हुन् । फुलब्राइट छात्रवृत्तिमा अमेरिका अध्ययन गरेर फर्केकी मिश्राले कोशी अस्पताल र परोपकार प्रसूति गृहमा नेतृत्व गरेकी थिइन् । कोभिड महामारीका बेला गरेको कार्यप्रति उनको प्रशंसा भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आविष्कारक महावीर पुनलाई दिने तयारी छ । म्याग्दीको नाङीमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् । उनले रामोन म्याग्सेसे पुरस्कार तथा भवन कीर्ति रत्नजस्ता सम्मान पाएका छन् ।

nawajiwan
Attariya Hospital

उद्योग तथा भूमिसुधार मन्त्रालयका लागि पूर्वसर्वोच्च न्यायाधीश अनिलकुमार सिन्हा सिफारिस भएका छन् । संसद पुनर्स्थापनासहितका संवैधानिक मुद्दामा सक्रिय भूमिका खेलेका सिन्हा कर र कर्पोरेट कानुनका विज्ञ मानिन्छन् ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेल प्रस्तावित छन् । उनले दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका छन् । ‘हट सिट’ कार्यक्रमका सञ्चालक खरेल हाल इमेज टिभीमा समाचार प्रमुख थिए ।

कृषिमन्त्रीका रूपमा समता फाउन्डेसनका अध्यक्ष डा. मदन परियार सिफारिस भएका छन् । दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति परियार जलवायु तथा कृषि क्षेत्रमा ख्यातिप्राप्त विज्ञ हुन् ।

Advertize US