यात्रामा जादै हो भने जानकारी लिनुहोस आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली, अन्यत्र आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

दिउँसो कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मध्यम वर्षा र मधेससहित तराईका केही स्थानमा वर्षाको सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

राति देशका अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी, सुदूरपश्चिम प्रदेश र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

nawajiwan

महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।