सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा, नयाँ रेकर्ड कायम

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुन–चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन्। दिनदिनै बढ्दो मूल्यक्रमबीच बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो। यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै बुधबार १० ग्राम सुनको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार ७०० रुपैयाँमा पुगेको छ। यो दर चाँदीको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

Attariya Hospital

सुन–चाँदी दुवैको लगातारको मूल्यवृद्धिले बजारमा सक्रिय रहेका व्यापारीदेखि सर्वसाधारण उपभोक्तासम्म प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य तथा मागले नेपाली बजारमा पनि यसको सीधा प्रभाव परेको हो।

nawajiwan
Advertize US