शनिबारदेखि भारी वर्षा : राजमार्ग बन्द गर्न मौसमविद्हरुको सुझाव

Image
Nisarga Hospital

मौसमविद्हरूले शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले देशका विभिन्न क्षेत्रलाई प्रभावित पार्ने चेतावनी दिएका छन्। उनीहरूले जोखिमयुक्त स्थानका राजमार्ग बन्द गरी यात्रुलाई सुरक्षित राख्नुपर्ने सुझाव दिएका हुन्। दशैंयता सुरु भएको झरी शनिबारदेखि तीव्र हुने र मधेशदेखि काठमाडौं उपत्यका हुँदै पश्चिमका विभिन्न क्षेत्रमा बाढी–पहिरोको जोखिम उच्च हुने पूर्वानुमान गरिएको छ। भारतको उडिसा नजिकै विकसित प्रणाली बिहार हुँदै नेपाल प्रवेश गर्ने भएकाले वीरगञ्ज, जनकपुर, बुटवल, भैरहवा, चितवन, मकवानपुर, काठमाडौं, गोरखा र तनहुँसम्म असर गर्ने बताइएको छ।

CP Hospital Dhangadhi

विशेषगरी नारायणगढ–मुग्लिन, नागढुंगा, बनेपा–बर्दिबास, हेटौंडा–काठमाडौं जोड्ने राजमार्गहरूमा जोखिम बढ्ने भएकाले बन्द गर्नु उचित ठहरिएको छ। काठमाडौं उपत्यकाभित्र पनि आवतजावत नियन्त्रण गर्नुपर्ने विज्ञहरूको सुझाव छ। खोला किनारका बस्तीहरूमा सतर्कता आवश्यक रहेको उल्लेख गर्दै हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती आसपासमा डुबानको जोखिम रहेको चेतावनी दिइएको छ।

Attariya Hospital

मौसमविद्हरूका अनुसार, आइतबार रातिसम्ममा कोशी प्रदेशमा भारी वर्षा हुने र सोमबार बिहानदेखि मौसममा सुधार आउनेछ। दुई दिनसम्म नागरिक, स्थानीय निकाय र प्रशासन सबै सतर्क रहनुपर्ने उनीहरूको सुझाव छ।

nawajiwan
Advertize US