सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँमा कायम भएको थियो। यस वृद्धि संगै सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको महासंघले जनाएको छ। बजारमा सुनको मूल्य बढ्नुका पछाडि वैदेशिक बजारमा बढ्दो माग र अन्तर्राष्ट्रिय सुनको मूल्य वृद्धिलाई प्रमुख कारण मानिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ९६० रुपैयाँ पुगेको छ। व्यवसायीहरूले नेपालमा सुन र चाँदीको मूल्य वृद्धिले उपभोक्ता र व्यापारी दुवैमा असर पारेको बताएका छन्। यस क्रममा विशेषगरी लगानीकर्ताले सुनमा अधिक रुचि देखाइरहेको, जसले मूल्य वृद्धिमा थप योगदान पुर्‍याएको छ। बजार विश्लेषकहरूले आगामी दिनमा पनि सुन–चाँदीको मूल्य उतार–चढाव भइरहने अनुमान गरेका छन्।

nawajiwan