सुनको भाउमा नयाँ रेकर्ड: प्रतितोला २ लाख ३८ हजार, चाँदी घट्यो

Image

बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ। विश्वभर सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ र नयाँ रेकर्ड बनाइरहेको छ।

nawajiwan
Attariya Hospital

यसैबीच चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर २९५५ रुपैयाँमा आएको छ। अघिल्लो दिन चाँदी २९६० रुपैयाँमा कारोबार भइरहेको थियो।

सुनको मूल्य बढ्नु र चाँदी घट्नुले नेपालमा सुनचाँदी बजारमा व्यापारी र लगानीकर्ताबीच चासो र उतार-चढाव सिर्जना गरेको छ।