सुनको मूल्य ह्वात्तै घट्यो! सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
CP Hospital Dhangadhi

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको हो । बिहीबार सोही सुनको मूल्य तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम थियो ।

Attariya Hospital

उता, चाँदीको मूल्य भने निरन्तर वृद्धि हुँदै आएको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँमा रहेको चाँदी शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

nawajiwan

सुनको मूल्यमा आएको गिरावटले वैवाहिक सिजन नजिकिँदै गर्दा खरिदकर्तालाई राहत मिल्ने देखिएको छ । यद्यपि चाँदीको मूल्य वृद्धिले बजारमा नयाँ चुनौती थपेको व्यवसायीहरूको भनाइ छ ।