नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ।

एकैदिन यस्तो वृद्धि भएपछि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।