जेन्जी युवाद्वारा बझाङको मष्टा गाउँपालिका कार्यालयमा ताला, ६ बुँदे माग तत्काल सम्बोधनको अल्टिमेटम

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङः बझाङ । मष्टा गाउँपालिका वडा नं १ का जेन्जी युवाहरुले आफ्ना ६ बुँदे माग सम्बोधन नगरेसम्म गाउँपालिका कार्यालयमा ताला लगाएका छन्। लामो समयदेखि जनसरोकारका समस्या समाधान नगरेको भन्दै युवाहरुले सोमबार बिहानदेखि कार्यालयको मुख्य ढोकामा ताला लगाएका हुन्।

CP Hospital Dhangadhi

युवाहरुले प्रस्तुत गरेका मागहरुमा —

nawajiwan
Attariya Hospital

1️⃣ वडा नं १ मा खानेपानीको अभाव रहेकाले पूर्ण रूपमा भुक्तानी भइसकेको आयोजना तत्काल सञ्चालनमा ल्याउनुपर्ने,
2️⃣ कोटदेबल गाउँदेखि लेकसम्मको सडक तत्काल निर्माण गर्नुपर्ने,
3️⃣ पातलगडा–लेक जाने झुलङ्गे पुल निर्माण गर्नुपर्ने,
4️⃣ सहकारीको रकम दुरुपयोग गर्नेहरूलाई कारबाही गरी रकम फिर्ता गराउनुपर्ने,
5️⃣ कोटदेबल र रनाडा लेक क्षेत्रमा विद्युत् सेवा विस्तार गर्नुपर्ने,
6️⃣ गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गरी सुदृढीकरण गर्नुपर्ने माग रहेका छन्।

युवाहरुले चेतावनी दिएका छन्— “माग सम्बोधन नभएसम्म गाउँपालिकाको ढोका खोलिँदैन।”

ताला लगाइएपछि गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ। स्थानीयहरुले पनि युवाहरुको मागलाई जायज बताउँदै तत्काल ध्यान दिन गाउँपालिकालाई आग्रह गरेका छन्।

Advertize US