बझाङमा मध्यरात ४.९ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास केही घरहरु चर्किए !

Image

बझाङः बुधबार राति बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा आएको भूकम्पको केन्द्रबिन्दु बझाङको ‘दान्तोला’ क्षेत्र रहेको हो।

Attariya Hospital

मध्यरातको समयमा धक्का महसुस भएपछि स्थानीयबासी घरबाहिर निस्किएका थिए। भूकम्पको प्रभाव छिमेकी जिल्लासम्म पनि पुगेको र केही घरमा चर्किएको स्थानीयहरूले बताएका छन्।

nawajiwan

तर, जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म कुनै मानविय क्षति वा ठुलो भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।