कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको किराना पसलमा जुवातास खेलिरहेका १० जना जुवाडेलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको छ।
मंगलवार राति ११ः४५ बजे बिरबहादुर बिष्टको पसलमा भइरहेको जुवातासको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरू नियन्त्रणमा लिइएका थिए।


प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ४ गड्डी तास र नगद ६३ हजार पाँच सय रुपैयाँ बरामद गरिएको छ। यस घटनापछि प्रहरीले उक्त क्षेत्र र पसलमा निगरानी बढाएको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।