नेपाली बजारमा बिहीबार सुनको मूल्य ऐतिहासिक रुपमा तोलामा २ लाख ५० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा मूल्य २ हजार रुपैयाँले बढ्दै तोलाको दर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो, जुन हालसम्मकै उच्च दर हो।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ। यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढी हो।