अत्तरिया हस्पिटलमा कार्तिक १ गते देखि प्रत्येक शनिबार नशा तथा मनोरोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्दै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरिया हस्पिटल प्रा.लिले नशा तथा मनोरोगसम्बन्धी विशेषज्ञ परामर्श तथा उपचार सेवा सञ्चालन गरिरहेको छ। अस्पतालका प्रशासनिक प्रमुख डिल्लीराज पाठकका अनुसार, कार्तिक १ गते (भोलि) देखि प्रत्येक शनिबार डा. शैलेन्द्र प्रसाद जोशी, वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ, बिहान १० बजे देखि १ बजे सम्म बिरामीहरूको स्वास्थ्य परामर्श र उपचार उपलब्ध गराउनेछन्।

CP Hospital Dhangadhi

उपचारमा मानसिक अस्थिरता, मूडमा अचानक उतार–चढाव, अनिन्द्रिता, शरीर झ्यामझ्याम हुने समस्या, उदासी र नकारात्मक सोच, आत्महत्या सोच वा प्रयास, अत्यधिक रिस वा शंका, साथै लागुपदार्थको लतसम्बन्धी समस्या समेटिएका छन्। अस्पतालले सम्पूर्ण समस्याको उपचार र परामर्श सेवा दिने जनाएको छ।

डा. जोशीले व्यक्तिगत परामर्शसहित औषधि र आवश्यक उपचार प्रदान गर्नेछन्। डिल्लीराज पाठकले सबैले समयमै स्वास्थ्य जाँच गराउने र ढुक्क भएर सेवा लिने अनुरोध गरेका छन्।

nawajiwan
Attariya Hospital

थप जानकारी वा अपोइन्टमेन्टका लागि ०९१–५९००१९, ९८५८०२३७४२, ९८५११२६३७५ मा सम्पर्क गर्न सकिनेछ।
स्थान: गोदावरी–०२, महेन्द्रनगर रोड, अत्तरिया, कैलाली।
इमेल: at**************@***il.com