बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनावि’रुद्ध मृ’त्युदण्डको माग

Image
Nisarga Hospital

बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिने माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शन दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ।

CP Hospital Dhangadhi

उक्त प्रदर्शन अत्यधिक हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा करिब १,४०० मानिसको मृत्यु भएको थियो। यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो।

Attariya Hospital

हाल हसिना भारतमा शरण लिएर बसिरहेकी छन्। बीबीसीका अनुसार, उनीविरुद्धको मुद्दामा एउटा अडियो क्लिप बाहिरिएको छ, जसमा कथित रूपमा उनले सुरक्षा बललाई प्रदर्शनकारीमाथि ‘घातक हतियार प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ।

nawajiwan

हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन्। बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, “हसिनाले १,४०० मृत्युदण्डको सजाय पाउनुपर्छ। मानवीय रूपमा सम्भव नहुँदा पनि कम्तीमा एक पटक मृत्युदण्डको माग गरिएको हो।”

Advertize US