नेपाली बजारमा सुनको मूल्यमा historic उछाल! तोलामा २ लाख ५८ हजार पुग्दै नयाँ रेकर्ड

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँमा पुगेको हो।

CP Hospital Dhangadhi

महासंघका अनुसार, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा लगातार भइरहेको वृद्धिले बजारमा सुनका कारोबार घटेका छन् भने उपभोक्ताहरू प्रतीक्षामा बसिरहेका छन्। व्यवसायीहरूले यो वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि र अमेरिकी डलरको प्रभावसँग जोडेका छन्।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।