तिहारमा सुन किन्नेका लागि खुसीको खबर, सुनको मूल्यमा ४ हजार ८०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तो

Image
Nisarga Hospital

आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो। यसअघि शुक्रबार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्दै हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

सुनको मूल्य घटेसँगै चाँदीको दरमा पनि कमी आएको छ। शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा रहेको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग घट्दै गएको र अमेरिकी डलर बलियो बन्दै गएपछि नेपाली बजारमा समेत यसको प्रभाव परेको व्यवसायीहरूको भनाइ छ। साताको सुरुवाती कारोबार दिनमै यस्तो गिरावट आउनुले बजारमा अस्थिरता देखिएको विश्लेषकहरूको टिप्पणी छ।