GiC अत्तरियामा ‘छुकछुके घोडा’ नामक तीन दिने STEAM कार्यशाला सुरु हुने

Image
CP Hospital Dhangadhi

अत्तरिया: विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) विषयमा रुचि राख्ने विद्यार्थी तथा हरेक उमेरका शौखिनहरूका लागि अत्तरिया स्थित GiC मा ‘छुकछुके घोडा – STEAM कार्यशाला २०८२’ आयोजना गरिने भएको छ।

यो तीन दिने कार्यशाला आगामी कार्तिक ८ देखि १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। कार्यशालामा सहभागीहरूले चल्ने घोडा (Walking Mechanism) जस्तै मेकानिकल मोडल आफैं बनाउने अवसर पाउनेछन्।

nawajiwan
Attariya Hospital

कार्यक्रमको उद्देश्य विद्यार्थी तथा सहभागीलाइ व्यावहारिक सीप, सृजनशील सोच र नवप्रवर्तनमा प्रेरित गर्नु रहेको बताइएको छ।
यस कार्यशालामा सहभागीहरूले मेकानिकल डिजाइन, गियर मूभमेन्ट र STEAM अवधारणाबारे अनुभवात्मक रूपमा सिक्नेछन्।

सम्पर्कका लागि:
फोन – ९८४३४४५०२०
व्हाट्सएप – ९८२५६००९१३

आयोजकका अनुसार, कार्यशालाले विज्ञान र सिर्जनशीलतालाई रमाइला तरिकाले बुझ्ने अवसर प्रदान गर्नेछ र सहभागीहरूले आफ्नै ‘छुकछुके घोडा’ तयार पार्नेछन्।