
कैलाली र कञ्चनपुर जिल्लाबाट २२ जना जुवाडे पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं.१२ स्थित जनक शाहको घरमा जुवा खेल्दै गरेका ५८ वर्षीय जनक शाहसहित १० जनालाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नगद १ लाख १३ हजार ६ सयसहित पक्राउ गरेको छ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ देबिस्थान स्थित डम्बर दमाईको स्टोरमा तास खेलिरहेका दलबहादुर दमाईसहित ४ जनालाई नगद २१ हजार ८७५ र १ गड्डी ताससहित पक्राउ गरिएको छ।
त्यस्तै, दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवा खेलिरहेका ८ जनालाई नगद ३० हजार ९३५ र २ गड्डी ताससहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार, सो सम्बन्धमा थप अनुसन्धान जारी छ।



































