अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ वर्षयताकै ठूलो गिरावट, नेपालमा नयाँ दर तोकिएन

Image
Nisarga Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत कात्तिक ३ गतेपछि सुनको नयाँ मूल्य तोकेको छैन। सो दिन प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ निर्धारण गरिएको थियो। त्यसयता सार्वजनिक बिदा परेकाले मूल्य अपडेट रोकिएको हो। तर, यसबीच अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको छ।

CP Hospital Dhangadhi

गत मंगलबार मात्र सुनको मूल्य ६ प्रतिशतभन्दा बढीले घटेर प्रतिऔंस ४,०८२ अमेरिकी डलरसम्म झर्‍यो, जुन सन् २०१३ यताकै ठूलो एकदिने गिरावट हो। सोमबार प्रतिऔंस ४,३८१ डलरमा कारोबार भइरहेको सुन मंगलबार ह्वात्तै घटेको थियो। बुधबार बजार बन्द हुँदा मूल्य ४,०९७ डलरमा पुग्दा बिहीबार फेरि ४,०२६ डलरमा झर्‍यो। शुक्रबारको कारोबारमा पनि ४,०५६ डलरमै सीमित रह्यो।

Attariya Hospital

महासंघका वरिष्ठ उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यका अनुसार सो समयमा सार्वजनिक बिदा नभएको भए नेपालमा पनि एकै दिनमा करिब १८ हजार रूपैयाँले मूल्य घट्ने थियो। विश्व बजारमा अमेरिकी डलरको कमजोरी, सरकारी ऋणको वृद्धि र लगानीकर्ताहरूको सुनप्रतिको आकर्षण घट्नु मूल्य घट्ने प्रमुख कारण हुन्।

nawajiwan

उनका अनुसार अब आइतबार दर तोकिँदा सुनको मूल्य कम्तीमा १५ हजार रूपैयाँले घट्ने सम्भावना छ।