नेपाली बजारमा सुन–चाँदीको मूल्यमा निरन्तर घट्यो ! बजारमा कारोबार सुस्त

Image
Nisarga Hospital

सप्ताहको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले कमी आउँदै बजार मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य २ लाख ४१ हजार ९०० रुपैयाँ थियो।

CP Hospital Dhangadhi

तिहारअघि भने सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसरी पछिल्ला केही दिनयता सुनको मूल्य लगातार घट्दै आएको छ।

Attariya Hospital

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार ९८० रुपैयाँमा कायम भएको छ, जुन आइतबार ३ हजार १५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ। सुन–चाँदी दुवैको मूल्य घट्दा लगानीकर्ताहरू सतर्क बनेका छन् भने बजारमा खरिदबिक्री पनि केही सुस्त देखिएको छ।

nawajiwan