
अत्तरिया : कैलाली गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा रहेको दुर्गा माध्यामिक विद्यालयको व्यवस्थापन समिति चयन गरिएको छ । मंगलबार विद्यालयमा सम्पन्न आम भेलाले मिलन अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समितिको सदस्यहरुमा रमेश थापामगर, मनिसा साउँद, चौठे विक, तारासिंह छेडाल, झरना बुढा र सिता चौधरी साउँद रहेका छन् ।

गोदावरी नगरको नमुना विद्यालय रहेको दुर्गा माध्यमिक विद्यालयको प्रधानाध्यापक कर्णबहादुर साउँद रहेका छन् । अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्ने काम प्राथमिकता रहने बताएका छन् ।
















