आज फेरी घट्यो नेपाली बजारमा सूनको मूल्य ! कतिमा हुदै छ त कारोवार ?

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा २,३७,००० रुपैयाँ कायम भएको सुन बुधबार ७०० रुपैयाँले घटेर २,३६,३०० रुपैयाँमा आइपुगेको छ। तिहारपछि बजार खुल्दा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य भने वृद्धिमा रहेको छ। मंगलबार तोलामा २,९२० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर २,९६५ रुपैयाँमा पुगेको छ। विशेषज्ञहरूले बजारमा माग–पूर्ति, अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतार–चढाव र मौद्रिक नीतिहरूलाई मूल्य परिवर्तनको मुख्य कारणका रूपमा औंल्याएका छन्।

Attariya Hospital

सुन–चाँदीको मूल्यमा यो उतार–चढावले लगानीकर्तामा सर्तकता बढाएको छ। बजारमा मूल्य स्थिर नहुँदा व्यापारी र ग्राहक दुवैले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। विश्लेषकहरूले आगामी दिनमा तिहारपछि बजार स्थिर हुने सम्भावनालाई औँल्याएका छन्।

nawajiwan

कुल मिलाएर, बुधबार सुनमा गिरावट र चाँदीमा वृद्धि भएको छ, जसले नेपाली बजारमा धातु व्यापारको गतिविधि सक्रिय बनाएको छ।