बैतडीमा जीप दु’र्घटना: १ को मृत्यु, ४ घा’इते

Image
Nisarga Hospital

बैतडीमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

दुर्घटनामा परी मेलौली–२ की २३ वर्षीय तुलसी पाण्डेय गम्भिर घाइते भई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएकी छन्। अन्य चार घाइतेमा मेलौली–२ का ३४ वर्षीय हरि पाण्डेय, २८ वर्षीय ओम पाण्डेय, ६५ वर्षीय डम्बरदत्त पाण्डेय र दशरथचन्द–७ का ३२ वर्षीय चालक जनक बडू रहेका छन्। उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनामा जीपमा सवार पाँचै जना बुधबार शिवनाथ धाममा लागेको जात्रामा सहभागी भई फर्किरहेका थिए। प्रहरीले सुरक्षाको दृष्टिले सावधानी अपनाउन आम जनतालाई आग्रह गरेको छ।