सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

धनगढीमा आज सुनको मूल्य प्रतितोला रू २,७०० ले बढेको छ। बिहीबार प्रतितोला रू २ लाख ३६ हजार ३ सयमा कारोबार भएको सुन शुक्रबार बढेर रू २ लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

CP Hospital Dhangadhi

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि यसको असर नेपाली बजारमा पनि परेको बताइन्छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब ३,९९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Attariya Hospital

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा रू ८० ले बढेर रू ३ हजार ६० पुगेको छ। सुनचाँदी व्यवसायीहरूले मूल्य वृद्धि हुँदा खरिदकर्ताको चासो केही घटेको र बजारमा स्थिरता आउन समय लाग्ने बताएका छन्।

nawajiwan