
हेमन्त बाजे/ अत्तरिया: बाह्रबन साझेदारी बन उपभोक्ता समूह गौरीगंगा-६,बनबेहडा,कैलालीको अनुगमन समिती संयोजकमा अर्जुन बोगटी चयन भएका छन।
समुहको यहि असोज २५ गते सम्पन्न साधारणसभा बाट अनुगमन उप-समितीको लागि सभामा इच्छुक परिषद सदस्य बाट नाम दर्ता गरेका आंकाक्षिहरुको तेस्रो पटकको लागि भएको सहमति बमोजिम बोगटी लाई संयोजक सर्बसम्मत रूपमा चयन गरिएको समुहका कोसाध्यक्ष राजेन्द्र जोशीले बताए।


त्यसैगरी अन्य सदस्यहरुमा गौतम सिं बिक,प्रकाश पाठक,कृष्ण मल्ल र सत्य कुमारी बिष्ट चयन भएका हुन। त्यसैगरी जुद्द साउँदको संयोजकमा लेखासमिती चयन गरिएको छ। अन्य सदस्यहरुमा चन्द्रमणी भट्ट,शुसिला सिजापती,मदन राज शर्मा जोशी र नरेश अधिकारी रहेका छन।
अनुगमन समिती संयोजक भएका बोगटी धनगढी उपमहानगरपालिका-११,घोडसुवा,कैलाली का बासिन्दा हुन।सामाजिक क्षेत्रमा लामो समय देखि सक्रिय युवा ठेकराज माध्यमिक बिधालयका बिधालय ब्यवस्थापन समिति अध्यक्ष समेत हुन।















