आगलागी प्रभावित दुई नगरपालिकालाई सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा सहयोग

Image
Sahayog
Nisarga Hospital

अत्तरिया: जेन्जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिले एक–एक थान प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष महादेव भट्टले दुवै नगरपालिकाका प्रमुखलाई प्रिन्टर हस्तान्तरण गरे।

CP Hospital Dhangadhi

अध्यक्ष भट्टका अनुसार आगजनीपछि नगरपालिकाको प्रशासनिक कार्य प्रभावित भएकाले सहयोग सामग्रीले कार्यालय सञ्चालनमा सहजता ल्याउने विश्वास गरिएको छ। उनले समाजले सधैं मानवीय सेवामा आधारित सहयोग र विपद् व्यवस्थापनमा सक्रिय रहँदै आएको पनि बताए।

सुदूरपश्चिमेली नेपाली समाज भारतले विभिन्न समयमा शिक्षा, स्वास्थ्य, राहत तथा सामाजिक विकासका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ। यस कार्यले सुदूरपश्चिमका आपसी एकता र भावनात्मक सम्बन्धलाई थप मजबुत बनाएको उपस्थित सहभागीहरूले उल्लेख गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम नेपाली अन्तर्राष्ट्रिय समितिका सचिव डम्बर खडका, संरक्षक दीपक प्रकाश मल्ल, दिल्ली राज्य सदस्य लक्ष्मी चन्दसहित अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
समाजका प्रतिनिधिहरूले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोगका कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।