माओवादी केन्द्रले नयाँ पार्टी गठन, कात्तिक १९ मा एकता राष्ट्रिय सम्मेलन

Image
Nisarga Hospital

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय गरेको छ। बैठकले नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँच कुने तारा रहने घोषणा गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

CP Hospital Dhangadhi

सापकोटाले भने, “सम्मेलनमा सहभागी प्रतिनिधिहरू सबै दलबीच आपसी सहमति र समझदारीमा कायम हुनेछन्। नयाँ पार्टीले लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने उद्देश्य राखेको छ।”

उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र सम्पन्न हुने र केन्द्रीय समिति आपसी सहमतिमा गठन गरिने बताए। समितिमा संयोजक र सह–संयोजक पदको व्यवस्था हुने छ।

nawajiwan
Attariya Hospital

पार्टीको मार्गनिर्देश माक्सवाद–लेनिनवाद आधारित रहनेछ र नेपाली विशेषताको वैज्ञानिक समाजवाद अपनाइनेछ। पार्टीको तत्कालीन कार्यनीतिमा पुँजीवादी–जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन र आर्थिक–सामाजिक रुपान्तरण समावेश हुनेछ।

सापकोटाका अनुसार पार्टीको आन्दोलन शान्तिपूर्ण हुनेछ, तर आवश्यकता अनुसार संसद, सडक र अन्य मोर्चामा समेत सक्रिय रहने योजना छ।