सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवतीमा देहिजाँत मेला आज

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ऐतिहासिक मेला ‘देहिजाँत’ आजदेखि सुरु हुँदैछ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रातमा ‘रतेडी’ र त्यसको भोलिपल्ट दिउँसो ‘दिउसेडी’ मेला लाग्ने परम्परा रहेको छ। यस वर्ष पनि आज दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

CP Hospital Dhangadhi

डडेलधुरा सदरमुकामदेखि करिब पाँच किलोमिटर दूरीमा अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल हो। डडेलधुरा–बैतडीलाई जोड्ने महाकाली राजमार्गको डकले रातागुन माथिको डाँडामा अवस्थित यस मन्दिरमा प्रत्येक वर्ष हजारौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्छ।

Attariya Hospital

छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ (धार्मिक झाँकी) आउँदासँगै दिउसेडी मेला सुरु हुने परम्परा रहिआएको छ। मन्दिरमा स्थापित भगवती देवीका मूल पुजारी साँकी थरका क्षेत्री हुन् भने भूमिराज देउता नै देवीका मुख्य धामीका रूपमा पूजिन्छन्।

nawajiwan

स्थानीय बासिन्दाहरूको विश्वास अनुसार उग्रतारा भगवतीको दर्शन र पूजा आराधनाले मनोकामना पूरा हुने तथा परिवारमा सुख–शान्ति र समृद्धि प्राप्त हुने गर्दछ।