जेन्जी आ’न्दोलनमा तहसनहस भएको काँग्रेस कैलालीको पार्टी कार्यालय रङरोगन

Image
CP Hospital Dhangadhi

अत्तरिया : नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालय रङरोगन गरिर्दै छ । भदौ २४ गतेको जेन्जी पुस्ताको आन्दोलन कार्यालयमा तोडफोड तथा आगजनी भएपछि रङरोगन गरिएको हो ।

Attariya Hospital

त्यसक्रममा कार्यालय भवन, फर्निचर र महत्वपूर्ण कागजातहरु नष्ट भएका थिए । काँग्रेस कैलालीका सचिव केशव मिश्रले रङरोगनको कार्य अन्तिम चरणमा पुगेको बताए । जेन्जी आन्दोलनका क्रममा कार्यालय भवन वाहेकका सामग्रीहरु पूर्णरुपमा नष्ट भएको उनले बताए ।

nawajiwan

यस अघि काँग्रेस क्षेत्र नम्बर ५ को बैठकले क्षतिग्रस्त कार्यालय पुनर्निर्माण गरी नियमित कार्य सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको थियो ।