नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्यमा एकै साथ घट्यो !

Image
CP Hospital Dhangadhi

नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु. १ हजार १०० ले घटेको हो।

Attariya Hospital

सोमबार तोलामा रु. २ लाख ३८ हजार ३०० रहेको सुन आज घटेर रु. २ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा रु. ३ हजार १५ मा कारोबार भएको चाँदी आज रु. २ हजार ९९० मा झरेको छ, जसअनुसार तोलामा रु. २५ ले कमी आएको हो।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र मागमा आएको कमीका कारण मूल्य घटेको महासंघले जनाएको छ। लगातारको गिरावटका कारण सुनचाँदी बजारमा खरिदबिक्री सुस्त बनेको र धेरै उपभोक्ताहरू मूल्य अझै घट्ने अपेक्षामा पर्खिरहेका छन्।