शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहोस् – कैलाली प्रशासनमा बधाईसहित ज्ञापनपत्र

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिममा स्वास्थ्य शिक्षा र वैज्ञानिक अनुसन्धानको केन्द्रका रूपमा स्थापना हुँदै गरेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका पक्षमा बधाई र समर्थन व्यक्त गर्दै सुदूरपश्चिम सरोकार तथा समन्वय समितिले आज जिल्ला प्रशासन कार्यालय, कैलालीमा ज्ञापनपत्र बुझाएको छ।

CP Hospital Dhangadhi

oplus_0

गोदावरी नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन उक्त विश्वविद्यालयलाई दीर्घ प्रतीक्षापछि सरकारले २०८२ असोज ३१ गते प्रतिनिधिसभाबाट सम्बन्धित विधेयक पारित गरी ऐनमार्फत स्थापित गरेकाले समितिले यसलाई सुदूरपश्चिमका जनताको गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेको हो।

oplus_0

समितिले बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयलाई राजनीतिक प्रभाव र भागबण्डामुक्त संस्थाको रूपमा विकास गर्न जोड दिँदै उपकुलपति र अन्य महत्वपूर्ण पदहरूमा योग्य, पेशागत र निष्पक्ष व्यक्तिहरूको मात्र नियुक्ति गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै गर्दा प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले भने,
“सुदूरपश्चिमको गौरवका रूपमा यो विश्वविद्यालय सफल र जनमुखी बन्न सरकार तथा प्रशासन सधैं सहयोगी रहनेछ। निष्पक्ष र पारदर्शी व्यवस्थापन नै यसको दिगो सफलताको आधार हुनेछ।”

समितिले विश्वविद्यालयमा शीघ्र पूर्वाधार निर्माण, अस्पताल सञ्चालन र यसै वर्षदेखि एमबीबीएस अध्ययन/अध्यापन सुरु गर्न पनि सरकारसँग माग गरेको छ।
ज्ञापनपत्रमा समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह–संयोजक आनन्दप्रसाद भट्ट, र सचिव धर्मसिंह कुंवरका हस्ताक्षर छन्।