गोदावरीका मिर्गौला पीडित समिरलाई सहयोगको अपिल – “सानो सहयोगले जोगिन सक्छ एउटा ज्यान”

Image
Nisarga Hospital

गोदावरी नगरपालिका–९ बल्मीका २८ वर्षीय समिर नेपाली दुई वर्षदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित छन्। श्री बल्मी युवा क्लबका पूर्व खेलाडीसमेत रहेका समिरलाई चिकित्सकहरूले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्। हाल मिर्गौला दिने व्यक्तिको व्यवस्था भइसकेको भए पनि उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको छ।

CP Hospital Dhangadhi

उनको परिवारले उपचारका लागि ठूलो रकम आवश्यक परेकाले देश–विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनी तथा साथीभाइहरूलाई सहयोगको लागि हार्दिक अनुरोध गरेको छ। समिरलाई सहयोग गर्ने हातहरू उनका लागि जीवनदान सावित हुन सक्छन्।

“सेवा नै धर्म हो, तपाईंहरूको सानो सहयोगले एउटा ज्यान जोगिन सक्छ,” परिवारले भावनात्मक अपिल गरेको छ। सहयोगी मनहरूबाट सानो योगदानले समिरलाई पुनः स्वस्थ जीवनतर्फ फर्काउने ठूलो आशा जगाएको छ। 🙏